७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा पुनर्स्थापनापछि आज पहिलो बैठक, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ ।

सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।

असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।

यस्तो छ आजको सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद् सचिवालयले जनाएको छ । आज दलका नेताहरुले पनि मन्तव्य व्यक्त गर्ने सम्भावना छ । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई