१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : देशका अधिकांश स्थानमा वर्षाको संभावना, पहाडी भू-भागमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै, सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाइएको छ ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : १० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज