१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेपाल पक्षका नेताहरु छलफलमा



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा ९एमाले०को माधव कुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा नेपाल पक्षीय नेताहरु छलफलमा जुटेका हुन् ।

नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरु नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर, नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्व पुगेको बताए ।

यसअघि शनिबार साँझ दुवै पक्षका नेताहरु पाटी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ । तर, नेपाल पक्षले यसबारेमा केही बताइसकेको छैन । यद्यपि सर्वोच्च अदालतको गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्विप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसद्ले पनि विश्वासको मत दिन सक्ने छन् ।

प्रतिनिधिसभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसद्को समर्थन चाहिन्छ । यतिबेला देउवाको पक्षमा कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी ९जसपा०का उपेन्द्र यादव पक्ष र जनमोर्चासहित १ सय २८ सांसद् छन् । नेकपा एमालेको माधव कुमार नेपाल समूहका ८ सांसद्ले मत दिएमा देउवाले विश्वासको मत पाउने छन् ।

नेपाल पक्षका २३ जना सांसद्ले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ५६ बजे

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री शहवाज शरीफले

प्रधानमन्त्री बालेन्द्रलाई भारतीय समकक्षी नरेन्द्रले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले

राजस्व अनुसन्धान विभागसहित १५ ऐन खारेज गर्ने अर्थमन्त्री वाग्लेको निर्णय

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै

को हुन् नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल ?

बुटवल । रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि