१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि नेपाल पक्षका नेताहरु छलफलमा



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा ९एमाले०को माधव कुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा नेपाल पक्षीय नेताहरु छलफलमा जुटेका हुन् ।

नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरु नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर, नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्व पुगेको बताए ।

यसअघि शनिबार साँझ दुवै पक्षका नेताहरु पाटी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

एमालेको ओली पक्षले देउवालाई विश्वासको मत नदिने यसअघि नै स्पष्ट पारेको छ । तर, नेपाल पक्षले यसबारेमा केही बताइसकेको छैन । यद्यपि सर्वोच्च अदालतको गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्विप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसद्ले पनि विश्वासको मत दिन सक्ने छन् ।

प्रतिनिधिसभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसद्को समर्थन चाहिन्छ । यतिबेला देउवाको पक्षमा कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी ९जसपा०का उपेन्द्र यादव पक्ष र जनमोर्चासहित १ सय २८ सांसद् छन् । नेकपा एमालेको माधव कुमार नेपाल समूहका ८ सांसद्ले मत दिएमा देउवाले विश्वासको मत पाउने छन् ।

नेपाल पक्षका २३ जना सांसद्ले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज