१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सनाखतका लागि माधव नेपालसहितका नेताहरु पुगे निर्वाचन आयोग



काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर दल दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुग्नेक्रम सुरु भएको छ ।

नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन् । उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए ।

आयोगले दुबै पार्टीका सांसद र केन्द्रीय सदस्यको लाइन फरक-फरक राख्ने व्यवस्था गरेको छ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।

केही समयअघि जारी भएको अध्यादेशअनुसार नयाँ पार्टी दर्ता गर्न नेपाल समूहले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० सदस्य आफूसँग भएको प्रमाणित गर्नु पर्नेछ ।

उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ । बुधबारै जनता समाजवादी पार्टीबाट फुटेका महन्थ ठाकुरका नेताहरूले पनि नयाँ पार्टी दर्ताका लागि सनाखत गर्दैछन ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ११ : ३९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान