७ पुस २०८२, सोमबार | December 22, 2025

भीम रावलद्वारा सांसद पदबाट राजीनामा



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् ।

एमालेभित्र माधवकुमार नेपाल पक्षका बलिया खम्बा रहेका रावल पछिल्लो केही दिन यता पार्टीभित्रको विवाद समाधानका लागि प्रयत्नशील छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा नेपालपक्षभित्र विवाद देखिएपछि रावलले सांसद पदबाटै राजीनामाको बाटो रोजेका हुन् । रावलले आफ्नो समुहभित्र देउवालाई विश्वासको मत दिन नहुने अडान राखेका थिए ।

रावलले प्रतिनिधिसभा सदस्य पदबाट आइतवार सभामुखलाई राजीनामा बुझाएका छन् । राजीनामा बुझाएपछि संसद भवनबाहिर संचारकर्मीहरुसँग कुरा गर्दै रावलले दुषित राजनीतिक खेलको मतियार बन्नुभन्दा सांसद पदबाटै बाहिरिनु आफ्ना लागि उचित भएको बताए ।उनले भने, ‘देशमा हाल भइरहेको जनविरोधी राजनीतिमा मतियार भएर दुषित खेल खेल्नु भन्दा प्रतिनिधिसभाबाट नै अलग भएको छु । राजनीति र त्यसका सबै संयन्त्र देश र जनताको हितमा लाग्नुपर्ने थियो तर राजनीतिक नेतृत्वले देशलाई अनिश्चयतिर धकेलिदियो।’

संविधाको धारा ७६ (५)अनुसार देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपतिकहाँ पठाएको पत्रमा हस्ताक्षर गरेका रावलले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध आफु निकट सांसदहरुको हस्ताक्षर जुटाउन र सर्वोच्च अदालतमा रिट हाल्ने नेतृत्व गरेका थिए ।

एमालेको संस्थापन र नेपाल पक्षसम्मिलित १० सदस्यीय विवाद समाधान कार्यदलका नेपाल पक्षका संयोजक रहेका रावल पार्टीको विवाद समाधान हुनुपर्ने अडान राख्दै आएका छन् । केही समय पहिले भने रावलले अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा चर्को आलोचना गर्ने गर्थे ।

 

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ४ : २२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८