२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

नेपाल पक्षको मत बिना देउवाले विश्वासको मत प्राप्त गर्ने सम्भावना बढ्यो, जसपा महन्थ पक्ष पनि देउवालाई मत दिँदै



काठमाडौं । देउवा सरकारलाई विश्वासको मत लिने पर्याप्त समय रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर प्रतिनिधिसभाको पुरा आयु प्रधानमन्त्री बन्ने मार्ग सहज बनाउने प्रयास थालेका छन् ।

प्रतिनिधिसभाको हाल रहेको २७१ संख्या अनुसार विश्वासको मत प्राप्त गर्न १३६ सांसदको आवश्यकता छ । प्रतिनिधिसभाको पछिल्लो अँकगणित अनुसार जनता समाजवादी पार्टीले पनि देउवालाई विश्वासको मत दिने निर्णय सार्वजानिक भएसँगै एमाले नेपाल पक्षको मत बिना देउवाको मत पुग्ने अवस्था देखिएको छ । यद्देपी प्रधानमन्त्री देउवालाई विश्वासतको मत दिने विषयमा नेपाल पक्षले निर्णय गरिसकेको बताईएको छ । नेपाल पक्षको कम्तीमा २० मत देउवाको पक्षमा पर्ने अनुमान गरिएको छ । वरिष्ठ नेता झलनाथ खनाल मुलुक बाहिर रहेको, उपाध्यक्ष भिम रावलले राजीनामा दिएको र कार्यदलका थप १ जनाले मतदानमा भाग नलिएपनि २० जनाको मत देउवाको पक्षमा आउनेमा काँग्रेस ढुक्क देखिएको छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको ३२ जनाले देउवाको पक्षमा मतदान गर्दा सहजै देउवाले विश्वासको मत पाउने अवस्था देखिएको छ । जनमोर्चाको एक मत पनि देउवाको पक्षमा पर्ने निश्चित छ ।

कार्यब्यवस्था समितिबाट पारित भएर प्रतिनिधिसभाको आजै दुईवटा बैठक बोलाएर विश्वासको मतको छिनोपानो गर्ने तयारी शुरु भईसकेको छ । दुईपटक संसद विघटन गरेका एमाले अध्यक्ष केपी ओली संसदको पहिलो बैठकमा नपुगेपनि दोस्रो बैठकमा भने उपस्थित भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ०७ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२