६ श्रावण २०८३, बुधबार | July 22, 2026

चोरी भएको ४ मोटरसाईकल सहित चोरी गर्ने ३ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । रुपन्देही ओमसतिया गाउँपालिका ४ बालापुरका प्रदिप गुप्ताले आफ्नो लु ६३ प ४२२० नम्बरको मोटरसाईकल चोरी भएको उजुरी दिएकोमा मोटरसाईकलको खोजतलास गर्दै जाने क्रममा थप ३ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी प्रतापुर गाउँपालिका १ जमुनिया बस्ने दिपक थारुको घरमा उजुरीमा उल्लेख भएमो मोटरसाईल सहित लु ४४ प ८१९५, लु ४२ प ४६ र लु ४२ प ५६०७ नम्बरको मोटरसाईकलहरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले दिपक थारु सहित खिरि नारायण थारु र खेम नारायण थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले बताए ।

पक्राउपरेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट चोरी मुद्धामा दिन ५ को म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भैरहेको डीएसपी थापाले बताए ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ०९ बजे

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय