२९ चैत्र २०८२, आइतबार | April 12, 2026

२२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय; ओलीको चेतावनी – ‘गद्दार’लाई पार्टीमा ठाउँ छैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको टिप्पणी गरेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालसहितका केही नेता र सांसदहरुले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेको आरोप लगाए । उनले गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको घोषणा गरे ।

सम्बोधनका क्रममा आक्रोशितमा मुद्रामा ओलीले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ? एमालेमा अब उनलाई ठाउँ छैन ।’

उनले पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै नरहने बताए । ओलीले अन्य कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आए स्वागत गर्ने बताए । ओलीले फ्लोर क्रसको घटनालाई चरम अनैतिक भएको टिप्पणी गरे ।

ओलीको प्रस्ताव अनुसार २२ सांसदलाई पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ ।

यस्तै बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : ०६ बजे

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ