५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले वरिष्ठ नेता नेपालसँग माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवको छुट्टाछुट्टै भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेपालबीच मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ ।

प्रचण्डले नेपाललाई प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै अब सरकारमा सहभागी हुने विषयमा छिटो निर्णय लिन आग्रह गरेका छन् ।

बिहान सवा आठ बजेतिर नेपाल निवास पुगेका प्रचण्ड पौने घण्टा छलफल गरेर फर्किएका थिए ।

प्रचण्ड फर्किएलगत्तै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाल निवास पुगेका छन् ।
नेपाल र यादवबीच पनि समसामयिक राजनीतिक घटनाक्रम र सरकारकै विषयमा छलफल भएको हुनसक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको