२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले वरिष्ठ नेता नेपालसँग माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवको छुट्टाछुट्टै भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेपालबीच मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ ।

प्रचण्डले नेपाललाई प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै अब सरकारमा सहभागी हुने विषयमा छिटो निर्णय लिन आग्रह गरेका छन् ।

बिहान सवा आठ बजेतिर नेपाल निवास पुगेका प्रचण्ड पौने घण्टा छलफल गरेर फर्किएका थिए ।

प्रचण्ड फर्किएलगत्तै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाल निवास पुगेका छन् ।
नेपाल र यादवबीच पनि समसामयिक राजनीतिक घटनाक्रम र सरकारकै विषयमा छलफल भएको हुनसक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ११ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको