२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

७ प्रदेशका अध्यक्षको ‘ब्रिफिङ’ सुनेर एमाले केन्द्रीय कमिटीको बैठक सकियो, २२ सांसदहरु माथि कारवाही भएन



काठमाडौँ । नेकपा एमालेको दशौं केन्द्रीय कमिटीको दोस्रो बैठक प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ सुनेर सकिएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाही गर्ने अनुमान गरिएपनि त्यस बारे निर्णय नगरि प्रदेश अध्यक्षहरुको रिपोर्ट सुनेर आजको बैठक सकिएको हो ।

सोमबार बैठकको पहिलो दिन माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएका नेताहरु सम्म स्पष्टीकरण हात परेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नभएको जानकारी दिए ।

एमालेको नेपाल पक्षले स्पष्टीकरण प्राप्त नभएको र प्राप्त भएपनि स्पष्टीकरणको जवाफ नदिने निर्ण गरिसकेकाछन् । सांसदहरुले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम अवधि सुरु हुने छ । प्रवक्ता ज्ञवालीले । आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले आ(आफ्नो प्रदेशको अवस्थाका बारेमा ब्रिफिङ गर्नु भयो ।

बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको पनि ज्ञवालीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : २८ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२