१ पुस २०८२, मंगलबार | December 16, 2025

७ प्रदेशका अध्यक्षको ‘ब्रिफिङ’ सुनेर एमाले केन्द्रीय कमिटीको बैठक सकियो, २२ सांसदहरु माथि कारवाही भएन



काठमाडौँ । नेकपा एमालेको दशौं केन्द्रीय कमिटीको दोस्रो बैठक प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ सुनेर सकिएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाही गर्ने अनुमान गरिएपनि त्यस बारे निर्णय नगरि प्रदेश अध्यक्षहरुको रिपोर्ट सुनेर आजको बैठक सकिएको हो ।

सोमबार बैठकको पहिलो दिन माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएका नेताहरु सम्म स्पष्टीकरण हात परेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नभएको जानकारी दिए ।

एमालेको नेपाल पक्षले स्पष्टीकरण प्राप्त नभएको र प्राप्त भएपनि स्पष्टीकरणको जवाफ नदिने निर्ण गरिसकेकाछन् । सांसदहरुले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम अवधि सुरु हुने छ । प्रवक्ता ज्ञवालीले । आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले आ(आफ्नो प्रदेशको अवस्थाका बारेमा ब्रिफिङ गर्नु भयो ।

बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको पनि ज्ञवालीले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज