१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ओली-नेपाल रणनीति ‘पर्ख र हेर’



काठमाडौं । आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन् । दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घन्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ । नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै प्रतिक्रिया दिएको छैन । ओली पक्षले नेपाल समूह पार्टीबाट बाहिरिँदा कति असर पर्न सक्छ भनी समीक्षा गरिरहेको छ ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टीका प्रदेश अध्यक्षले नेपाल पक्ष बाहिरिँदा पर्न सक्ने घाटानाफाबारे रिपोर्टिङ गरेको स्रोतले बतायो । बैठकमा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी एकताको विकल्प नभएको बताएका थिए ।

नेपाल पक्षबाट पनि एकताका पक्षमा निरन्तर आवाज उठाउने नेताहरू रहेकाले यस विषयमा ओली आफैंले सहजीकरण गर्नुपर्ने स्थायी कमिटी सदस्य गुरुङको धारणा थियो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षबाट पार्टी संगठनको अवस्थाबारे जानकारी लिने काम भएको बताए ।

१० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय भएको उनले जानकारी दिए । सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन । बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो ।

सोमबारको बैठकमा देउवालाई मत दिने सांसदलाई पार्टीबाट तत्कालै निष्कासन गर्नुपर्ने आवाज उठेको भए पनि मंगलबार भने एकताको पक्षमा आवाज उठेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको विवाद निरूपण कार्यदलमा रहेका सुवास नेम्वाङले पार्टी एकताको सम्भावना अझै रहेको बताएका थिए । उनले कार्यदलका कामकारबाहीबारे बैठकलाई जानकारी गराएका थिए ।

नेपाल पक्षले पनि पार्टीभित्र रहँदा वा नयाँ दल खोल्दा केकस्तो हुन्छ भनेर छलफल गरिरहेको छ । सो समूहले तीन चरणमा अहिलेको अवस्थाबारे छलफल गर्ने जनाएको छ । यो समूहमा पनि पार्टी एकताका पक्षमा कुराकानी गर्न नेपाललाई सुझाव दिइएको छ ।

तर, आत्मसम्मान गुमाएर भने एकता गर्न नहुने धारणा उनीहरूले व्यक्त गरेका छन । नेपाल पक्षको भेलामा ओलीको प्रस्तुति र अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकबाट कस्तो निर्णय आउँछ, त्यसै आधारमा अघि बढ्नेबारे छलफल भएको थियो । भेलापछि नेत्री रामकुमारी झाँक्रीले ओली पक्षले सोधेको भनिएको स्पष्टीकरण पत्र आफूहरूकहाँ आइनपुगेको बताइन । ओलीले बदलाको भावाना छाडेर पार्टी एकताका लागि पहल गरे राम्रो हुने उनको भनाइ छ ।

नेपाल समूहको भेलामा केही केन्द्रीय सदस्य तथा सांसदले कानुनले मिल्छ भने नयाँ दल खोलेर अघि बढ्नुपर्ने आवाज पनि उठाएका छन । उनीहरूले ओलीले सधैं पेल्ने भएकाले नयाँ दल खोल्नुको विकल्प नभएको बताएको स्रोतले जनाएको छ ।

नेपाल समूहका नेताहरू मंगलबार दिनभर आन्तरिक छलफलमा जुटेका थिए। पार्टीका केन्द्रीय सदस्य र देउवालाई विश्वासको मत दिने २२ जना सांसद बेग्लाबेग्लै छलफलमा जुटेका हुन । नेपाल पक्षले बुधबार स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा एकता र कार्यदलका काम तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा भएको मतभेदबारे छलफल हुने बताइएको छ । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : १४ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा