२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकार संचालन र पार्टीको संगठनात्मक विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार र सरकार संचालनबारे छलफल गरेका थिए । अन्य विषयमा ठूलो अप्ठेरो नभएपनि माओवादीलाई मन्त्री छान्न भने सकस पर्ने देखिएको छ ।

मन्त्रीका आकांक्षीहरु धेरै तर पार्टीको भागमा पर्ने मन्त्रालय ६ देखि ८ वटासम्म मात्र भएका कारण कसलाई सरकारमा पठाउने विषय पेचिलो बनेको छ । आजको बैठकले यसबारे निक्र्यौल गर्नेछ । यसअघि बसेको बैठकले सबै क्षेत्रलाई समेटेर सरकारमा मन्त्रीहरु पठाउने सैद्धान्तिक सहमति भएको थियो ।

प्रधानमन्त्री शेरबहादुरले विश्वासको मत पाएपछि सरकार विस्तारको तयारी थालेका छन् । यद्यपी, उनकै पार्टीमा पनि गुट अनुसारका आकांक्षी भएपछि देउवालाई दबाब छ भने जसपाले समेत आफुलाई पर्याप्त मन्त्री दिनुपर्ने माग गरिरहेको छ ।

यस्तै माओावादी बैठकमा सरकार संचालनका लागि गठबन्धन दलहरुबीच समझदारी कायम गर्न संयन्त्र बनाउनुपर्ने विषयमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४८ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्