१९ असार २०८३, शुक्रबार | July 3, 2026

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक जारी, बैठकमा उपाध्यक्ष भिम रावल पहिलो पटक अनुपस्थित



काठमाडौं । नयाँ राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न बसेको एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठकमा पहिलो पटक नेपाल पक्षका प्रभावशाली नेता भिम रावल अनुपस्थित भएका छन् । काठमाडौं बुद्धनगर स्थित एक पार्टी प्यालेसमा जारी नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेता रावल अनुपस्थित भएका हुन् ।

एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यादलमा उनी नेपाल पक्षबाट संयोजक थिए । उनी सहितको हस्ताक्षरबाट ब्युँतिएको प्रतिनिधिसभाको पहिलो बैठकमा नै उनले राजीनामा बुझाएर हिँडेका थिए । प्रधानमन्त्रीमा शेरबहादुर दुउवालाई नियुक्त गर्न आग्रह गर्दै राष्ट्रपति बिद्यादेबी भण्डारीलाई बुझाईएको समाबेदन र देउवालाई प्रधानमन्त्रीको नियुक्तिको परमादेश माग्दै सर्वोच्चमा दिईएको रिट निवेदन दुबैमा नेता रावलको हस्ताक्षर रहेको थियो ।

गएको आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन भने उनले सांसद् पदबाट राजिनामा दिएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ०१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०