काठमाडौं । नयाँ राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न बसेको एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठकमा पहिलो पटक नेपाल पक्षका प्रभावशाली नेता भिम रावल अनुपस्थित भएका छन् । काठमाडौं बुद्धनगर स्थित एक पार्टी प्यालेसमा जारी नेपाल पक्षको स्थायी कमिटी बैठकमा नेता रावल अनुपस्थित भएका हुन् ।
एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यादलमा उनी नेपाल पक्षबाट संयोजक थिए । उनी सहितको हस्ताक्षरबाट ब्युँतिएको प्रतिनिधिसभाको पहिलो बैठकमा नै उनले राजीनामा बुझाएर हिँडेका थिए । प्रधानमन्त्रीमा शेरबहादुर दुउवालाई नियुक्त गर्न आग्रह गर्दै राष्ट्रपति बिद्यादेबी भण्डारीलाई बुझाईएको समाबेदन र देउवालाई प्रधानमन्त्रीको नियुक्तिको परमादेश माग्दै सर्वोच्चमा दिईएको रिट निवेदन दुबैमा नेता रावलको हस्ताक्षर रहेको थियो ।
गएको आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले संसद्मा विश्वासको मत लिने दिन भने उनले सांसद् पदबाट राजिनामा दिएका थिए ।
प्रतिक्रिया