१९ असार २०८३, शुक्रबार | July 4, 2026

पार्टी एकतामा जोड दिँदै सकियो एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक, स्पष्टीकरणको अर्थ नभएको निष्कर्ष



काठमाडौं । एमालेको नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताकै पक्षमा केन्द्रित हुने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा सहभागी स्थायी कमिटीका सदस्यहरुले पार्टी एकतामा जोड दिएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

ती नेताका अनुसार बैठकले अव एकता प्रक्रियालाई अगाडि बढाउनु पर्ने निष्कर्ष निकाल्दै कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन तर्फ जान नेतृत्वलाई आग्रह गरेको छ । एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेर कार्यान्वयनको चरणमा गएका बेला नेताहरुलाई स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न आग्रह गर्ने प्रस्ताव पनि बैठकले पास गरेको छ ।

अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेपाल पक्षको ठहर छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आईतबारको निर्णय कार्यान्वयन गर्दै एमाले केन्द्रीय कार्यालयले माधव पक्षको बैठक बसिरहेकै स्थानमा नेताहरुलाई स्पस्टीकरणकोे पत्र बुझाईएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ४५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०