१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

साउन ४ गतेदेखि एमाले केन्द्रीय कमिटी बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको छ । उनीहरुलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आजको बैठकमा त्यससम्बन्धी निर्णय हुनेसक्ने जनाइएको छ । उनीहरुलाई कारबाही गर्न सकिने एमालेका एक केन्द्रीय सदस्यले बताए । बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो । जसमा सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकले सर्वोच्चको फैसला संविधान र जन चाहनाविपरीत भएको निष्कर्ष निकाल्दै जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो । त्यस्तै, केपी शर्मा ओली नेतृत्वको सरकारले घेराबन्दीबीच पनि ऐतिहासिक काम गरेको एमालेको निष्कर्ष थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : १८ बजे

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१