७ पुस २०८२, सोमबार | December 22, 2025

पुष्पलाल सम्झिँदै माधव नेपालले भने – अपमान सहेर बस्न सकिन्न, दास मान्छे कम्युनिष्ट हुँदैनन



काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन् ।

४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले अब जस्तो सुकै अपमान र गलत कुरा सहेर बस्न नसकिने बताएका हुन् । नेता नेपालले भने, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न, तर अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’

नेता नेपालले अरुको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कहिल्यै कायम राख्न नसक्ने जिकिर गरे । दास हुने मान्छे कम्युनिस्ट हुन नसक्ने बताउँदै उनले आफूहरु सबैलाई सम्मान गर्ने पक्षमा रहेको उनको भनाइ छ।

नेपालले नेता अहंकारी र स्वेच्छाचारी भएपछि कम्युनिस्ट पार्टी बिग्रन सुरु गर्ने बताए । उनले कम्युनिष्टहरु बिग्रिएपछि अरुभन्दा धेरै गन्हाउने बताउँदै त्यस्ता गन्हाउनेहरुबाट पार्टीको नाम र झण्डा दुरुपयोग गर्न दिन नहुने बताए ।

नेपालले पार्टीलाई विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताए । केही समयअघि आफुलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै उनले पार्टीभित्र पनि घाउ खटिराले समस्या पारेको जनाए । उनले भने, ‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, लोकतान्त्रिक चरित्र पनि होइन।

एमाले वरिष्ठ नेता नेपालले अब कस्तो परिस्थिति आउँछ भनेर आफुले आंकलन गरेर बसेको बताए ।

कार्यक्रममा नेता नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ पनि विमोचन गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : ५० बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले