२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अमेरिकामा अस्पताल भर्ना हुनेको दर पुनः बढ्दो



न्यूयोर्क । अमेरिकामा कोभिड-१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड-१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ ।

विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ ।

बिहिबारसम्ममा कोभिड-१९ सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्क अर्थात् १८ बर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाईसकेका छन् । अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना सङ्क्रमणपछि निको भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिका उमेरकालाई कम्तिमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । एएफपी

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ९ : ४४ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका