२९ चैत्र २०८२, आइतबार | April 13, 2026

नेपालको इतिहासमै पहिलोपटक सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पाइयो : सुवास नेम्वाङ



काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको अक्षर र भावना खल्बलाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता नेम्वाङले अदालतको आदेशले शक्तिपृथकीकरणको सन्तुलन खल्बलिएको बताए । नेम्वाङले नेपालको इतिहासमै पहिलो पटक जनताको जनादेशबाट नभै सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री प्राप्त गरेको बताए । नेम्वाङले सर्वोच्चले फैसलाले धेरै कुरामा प्रश्न उठाएको बताए ।

नेम्वाङले भने, ‘संविधानले निर्वाचनमार्फत प्रधानमन्त्री आउँछ भन्ने संविधान आउँछ भन्ने सोचेको छ । अहिले पहिलोपटक संसदबाट नभै जनताको जनादेशबाट नभै सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री प्राप्त गरेका छौं । दलको तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिँदादिँदै यो यथार्थ कुरा मैले राखेको छु ।’

नेम्वाङले यौटै दलबाट निर्वाचित भएका सांसदहरु सभामुखको आसनको दायाँ र बायाँ बस्न सक्ने अवस्था सही हो कि होइन भन्ने प्रश्न गरे ?

अब बाँकी रहेको अवधीमा अहिले उठेको प्रसंगहरुलाई कसरी लिएर अघि बढ्नुहुन्छ भन्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ । ‘केही समयअघि प्रधानमन्त्री देउवाले हामीलाई जनताले जनादेश दिएका छैनन् त्यसैले म सरकारमा जानेवाला छैन भन्नुहुन्थ्यो’ भन्दै नेम्वाङले भने, ‘अहिले त बधाई दिने पो अवस्था आयो । कहिले बधाई दिने अवस्था आएछ थाहै भएन ।’

नेम्वाङले प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै आफ्नो दलले प्रधानमन्त्रीसँगै डिलिङ गर्ने जनाए । उनले सत्तारुढ दलको कुनै व्यत्तिसँग डिलिङ नगर्ने बताए । ह्वीप तपाईंहरुको पार्टीभित्र लाग्नुपर्ने अर्को पार्टीमा नलाग्नुपर्ने हो ? नेम्वाङले प्रश्न गरे । ह्वीपबारे सर्वोचच्ले गरेको फैसला संविधानसंमत छैन भन्ने आफुहरुको मान्यता भएको उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ४४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्