१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

खोप लगाउन सोर्सफोर्सको प्रयोग, अनुगमन शुन्य



काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ ।

योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ ।

तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।

यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । उपलब्ध खोपको आधारमा पालिकाहरूले केही निर्णय गरेको हुनसक्ने उनी बताउँछन् ।

उनका अनुसार पालिकाले लक्षित समूह नछुट्नेगरी १८ वर्षमाथिकालाई खोप लगाउने निर्णय गरेको पाइएको छ । ‘लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था स्थानिय तहले दिनुभएन,’ डा. गौतमले भने, ‘लक्षित समूहलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।’ लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा सम्बन्धित जिल्ला वा स्थानीय तहको समन्वय समितिमा निर्णय गराई अन्यलाई लगाउनसक्ने स्वास्थ्य मन्त्रालय बताउँछ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ३६ बजे

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना