१९ असार २०८३, शुक्रबार | July 4, 2026

विभिन्न बहानामा गठबन्धन भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सज्ञारुढ गठबन्धनलाई भत्काउने प्रयास भैरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विभिन्न बहानामा गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका हुन् ।

प्रचण्डले संसद विघटन विरुद्धको संघर्षमा बनेको गठबन्धनभित्र अहिले एमसीसीको नाममा भिडाउन खोजिएको दाबी गरे । ‘संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजेँ तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको छ’, प्रचण्डले भने, ‘एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’ प्रचण्डले भीम रावलको राजीनामा स्क्याण्डल पनि गठबन्धनका नेताहरुबीच फाटो ल्याउने षड्यन्त्रकै एक रुप भएको बताए ।

प्रचण्डले ठूलो लडाईंपछि संविधानको रक्षा गर्न सम्भव भएको भन्दै अझ धेरै ठूला चुनौतीको बुद्धिमत्तताका साथ सामना गर्नुपर्ने अवस्था रहेको बताए ।

त्यसक्रममा प्रचण्डले आफ्नै पार्टीभित्रको अवस्थाबारे पनि बताए । देउवा सरकारमा मन्त्री बन्न पार्टीका सबै सांसद र नेताले चाहेकोतर्फ संकेत गर्दै प्रचण्डले ४९ जनालाई नै मन्त्री बनाउने अवस्था नरहेको स्पष्ट पारे । मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको बताउँदै प्रचण्डले भने, ‘४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।’

उनले मन्त्री बनाउने विषयले आफुलाई केहिदिनयता टेन्सन थपिएको पनि बताए । पद र अवसर नपाउनेले नेतृत्वलाई सराप्ने गरेको पनि उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ४१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०