७ पुस २०८२, सोमबार | December 22, 2025

विभिन्न बहानामा गठबन्धन भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सज्ञारुढ गठबन्धनलाई भत्काउने प्रयास भैरहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विभिन्न बहानामा गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका हुन् ।

प्रचण्डले संसद विघटन विरुद्धको संघर्षमा बनेको गठबन्धनभित्र अहिले एमसीसीको नाममा भिडाउन खोजिएको दाबी गरे । ‘संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजेँ तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको छ’, प्रचण्डले भने, ‘एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’ प्रचण्डले भीम रावलको राजीनामा स्क्याण्डल पनि गठबन्धनका नेताहरुबीच फाटो ल्याउने षड्यन्त्रकै एक रुप भएको बताए ।

प्रचण्डले ठूलो लडाईंपछि संविधानको रक्षा गर्न सम्भव भएको भन्दै अझ धेरै ठूला चुनौतीको बुद्धिमत्तताका साथ सामना गर्नुपर्ने अवस्था रहेको बताए ।

त्यसक्रममा प्रचण्डले आफ्नै पार्टीभित्रको अवस्थाबारे पनि बताए । देउवा सरकारमा मन्त्री बन्न पार्टीका सबै सांसद र नेताले चाहेकोतर्फ संकेत गर्दै प्रचण्डले ४९ जनालाई नै मन्त्री बनाउने अवस्था नरहेको स्पष्ट पारे । मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको बताउँदै प्रचण्डले भने, ‘४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।’

उनले मन्त्री बनाउने विषयले आफुलाई केहिदिनयता टेन्सन थपिएको पनि बताए । पद र अवसर नपाउनेले नेतृत्वलाई सराप्ने गरेको पनि उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ४१ बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले