२९ भदौ २०८३, सोमबार | September 15, 2026

एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत आइपिओमा आवेदन दिन सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्गको एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको छ ।

यस बैंकमा डिम्याट खाता खोलेकाले साथै यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका सवैले यस नवीन सेवा अनुसार आइपिओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपिओमा आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एपमार्फत आवेदन दिन सकिने सुविधा बैंकले ल्याएको हो ।

यस बैंकको एप भित्र रहेको  Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सकिनेछ । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर  Submit गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपिओमा आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर क्ष्एइ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ३० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ