१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

एन आई सी एशियाको मोबाइल बैंकिङ्ग एपमार्फत आइपिओमा आवेदन दिन सकिने



काठमाडौ । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्गको एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आइपिओमा आवेदन दिन सकिने सेवाको सुरुवात गरेको छ ।

यस बैंकमा डिम्याट खाता खोलेकाले साथै यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका सवैले यस नवीन सेवा अनुसार आइपिओ खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

कोरोना महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आइपिओमा आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एपमार्फत आवेदन दिन सकिने सुविधा बैंकले ल्याएको हो ।

यस बैंकको एप भित्र रहेको  Apply Share आइकनमा ट्याप गरेर आवेदन दिन सकिनेछ । Apply Share आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपिओ खुलेका कम्पनीहरूमध्ये आफुले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर  Submit गरेपश्चात आवेदन पूरा हुनेछ । ग्राहकहरूले आफ्नो स्मार्टफोन प्रयोग गरी आइपिओमा आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर क्ष्एइ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ३० बजे

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय