३० चैत्र २०८२, सोमबार | April 13, 2026

जसपा आधिकारिता विवाद : निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै



काठमाडौं । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी नेपालको आधिकारिकताको विषयमा फैसला गर्दैछ ।

आयोगको यो फैसलाले जसपाभित्रका दुई झगडिया उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षको राजनीतिक भविष्य समेत निर्धारण गर्नेछ ।

निर्वाचन आयोगले आज सोमबार दुवै पक्षलाई बोलाएको छ । आयोगको दर्ता किताबमा रहेका कार्यकारिणी सदस्यहरुलाई सक्कल नागरिकतासहित बोलाएको छ । आयोगको यो निर्णय विरुद्ध ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । आफुले फेरबदल गरेको कार्यकारिणीलाई मान्यता नदिएको भन्दै सर्वोच्चको शरणमा पुगेपनि सर्वोच्चले अन्तरिम आदेश दिन आइतबार अस्वीकार गरेको थियो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी मध्ये बहुमत सदस्यहरु अध्यक्ष उपेन्द्र यादवको पक्षमा रहेका छन् । यादव पक्षले आइतबार नै आफु पक्षका कार्यकारिणी सदस्यहरुलाई गोदावरी रिसोर्टमा लगेर राखेको छ । सबै सदस्यहरु गोदावरीबाट आज सिधै निर्वाचन आयोग जाने बताइएको छ ।

आज निर्वाचन आयोगले खडा गरेको इजलाससमक्ष उपस्थित भएर आधिकारिक को हो भन्ने विषयमा कार्यकारिणी सदस्यहरुले हस्ताक्षर सनाखत गर्नेछन् । आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि आजसम्मको समीककरणअनुसार ठाकुर पक्ष स्वतः अल्पमतमा पर्ने देखिएको छ । अर्थात जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने निश्चित जस्तै देखिएको छ ।

आयोगले को यादव पक्ष को ठाकुर पक्षमा छन् भनेर सनाखत गरिसकेपछि आफ्नो फैसला सुनाउनेछ । आयोगले जसलाई आधिकारिकता दिन्छ सोही पक्षले पार्टीको झण्डा र चुनाव चिन्ह समेत पाउनेछ ।

संवैधानिक आयोग भएका कारण निर्वाचन आयोगको फैसला अदालतको फैसला सरह मान्य हुन्छ । यो फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा उजुरी गर्न पाइन्छ ।

आयोगले अल्पमतमा पर्ने पक्षलाई नयाँ दल दर्ताको अवसर दिने सम्भावना रहेको छ । यदि नयाँ दल दर्ता को अनुमति पाएमा संभवतः ठाकुर पक्षले नयाँ दल खोल्ने छ । तर, त्यतिबेला ठाकुर पक्षमा आवद्ध सांसदहरुको पद भने गुम्ने देखिन्छ । यसबारे आयोगले गर्ने निर्णय महत्वपूर्ण मानिनेछ ।

 

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : ०८ बजे

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौं । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण

२०८२ राजनीतिक ‘सुनामी’को वर्ष

काठमाडौं । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो ।

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको