८ बैशाख २०८१, शनिबार | April 20, 2024

ट्रकले राेकेर राखेको दुईतले बसमा ठक्कर दिँदा १८ जनाको मृत्यु



भारत । भारतको उत्तर प्रदेश अन्तर्गत बारबंकी जिल्लामा रोकेर राखेको बसमा ट्रकले ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । बारबंकीको रामसनेहीघाट कोतवाली क्षेत्रमा पञ्जावको लुधियानाबाट बिहार जाँदै गरेको बसलाई मध्यराती ट्रकले ठक्कर दिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

२ तले बसमा प्राबिधिक समस्या आएपछि चालकले सडक किनारमा बस रोकेर राखेका थिए । बसभित्रका सबै यात्रु निदाईरहेका बेला तिब्र गतिमा आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसमा रहेका यात्रु मध्य १८ जनाको मृत्यु भएको लखनउ प्रहरीका एडीजी सत्य नारायण साबतले बताए । साबतका अनुसार १९ बढी घाइतेहरुलाई उद्दार गरि अस्पताल भर्ना गरिएको छ । सबैको अवस्था गम्भिर रहेको उनले बताए ।

साउन महिनाको पवित्र तिर्थाटन गर्न लुधियानाबाट सावारिया भरेर यात्रुहरु बिहार जांदै गरेको बताईएको छ । ट्रकले ठक्कर दिएका बेला सो स्थानमा ठुलो वर्ष भईरहेका कारण समयमा उद्दार कार्य हुन नसकेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन