२१ चैत्र २०८२, शनिबार | April 4, 2026

ट्रकले राेकेर राखेको दुईतले बसमा ठक्कर दिँदा १८ जनाको मृत्यु



भारत । भारतको उत्तर प्रदेश अन्तर्गत बारबंकी जिल्लामा रोकेर राखेको बसमा ट्रकले ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । बारबंकीको रामसनेहीघाट कोतवाली क्षेत्रमा पञ्जावको लुधियानाबाट बिहार जाँदै गरेको बसलाई मध्यराती ट्रकले ठक्कर दिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

२ तले बसमा प्राबिधिक समस्या आएपछि चालकले सडक किनारमा बस रोकेर राखेका थिए । बसभित्रका सबै यात्रु निदाईरहेका बेला तिब्र गतिमा आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । बसमा रहेका यात्रु मध्य १८ जनाको मृत्यु भएको लखनउ प्रहरीका एडीजी सत्य नारायण साबतले बताए । साबतका अनुसार १९ बढी घाइतेहरुलाई उद्दार गरि अस्पताल भर्ना गरिएको छ । सबैको अवस्था गम्भिर रहेको उनले बताए ।

साउन महिनाको पवित्र तिर्थाटन गर्न लुधियानाबाट सावारिया भरेर यात्रुहरु बिहार जांदै गरेको बताईएको छ । ट्रकले ठक्कर दिएका बेला सो स्थानमा ठुलो वर्ष भईरहेका कारण समयमा उद्दार कार्य हुन नसकेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : १५ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा