१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

निर्माण भएको ६ बर्ष मै धसियो बर्दिया-कैलाली जाेड्ने सत्तिघाट पुल



बर्दिया । हुलाकी सडक अन्तर्गत बनेको बर्दिया र कैलाली जिल्ला जोड्ने कर्णाली नदीमा निर्माण भएको सत्तिघाट पुल निर्माण भएको ६ बर्ष मै धसिएको छ ।

कर्णाली नदीमा पानीको बहाव बढेसंगै पुलको २ वटा स्पान धसिएर पुल बाँगो भएको छ । ५ सय ३१ मिटर लम्बाई रहेको यस पुलमा १३ वटा स्पान रहेका छन् । हाल पुलको स्पानको बीचमा रहेको स्पान्सन जोएन्ट करिव १० सेन्टिमिटर भासिएको हुलाकी राजमार्ग आयोजना कार्यालय बाँकेका प्रमुख गागल भण्डारीले बताए । उनले हाल पुल के कारणले भासिएको हो भन्न यकिन नभई सकेको बताउँदै केही दिनमा मेसिन ल्याएर चेक गर्ने तयारी भईरहेको बताए । नदिको बहाव बढि भएको कारणले पुलको तल गएर हेर्न सक्ने अवस्था नरहेको बताउँदै उनले पुल भासिनुको कारणको बारेमा अध्ययन भईरहेको बताए ।

पुल भासिए पछि प्राविधिक टोलीले यतिबेला सर्वे गरिरहेको छ । पुल २०७२ सालमा करिब ४५ करोडको लागतमा निर्माण कम्पनी रसुवा जेभिले निर्माण गरेको थियो । पुलको लम्बाई भन्दा नदिको चौडाई बढि भएपछि निर्माणको क्रममै पुलको लम्बाई कम भएको थियो । पुलको लम्बाई कम भएपछि स्थानीयवासीले पटक पटक पुर्व तर्फ एउटा स्पान थप गर्न माग गरीरहेका थिए । करिब दुई साता अघि मात्रै नदीले पुर्व तर्फको स्पानमा क्षति गरेपछि पुलमा आवतजावत ठप्प भएको थियो । जिल्ला प्रशासनको पहलमा हुलाकी सडक कार्यालय र राजापुर नगरपालिकाले पुलको मर्मत गरेपछि हाल सवारी आवतजावत सुचारु भएको थियो ।

मर्मत गरेर पुल सुचारु गरे पनि पुनः पुल भासिए पछि स्थानीय चिन्तित बनेका छन् । राजापुर नगरपालिका वडा नं ४ निवासी रमेश दहितले पुल भासिए पछि आवतजावत गर्न नपाउने डर भएको बताए । उनले निर्माण कम्पनी र सम्बन्धीत कार्यालयको वेवास्ताका कारण पुलको यो अवस्था भएको बताए ।

पूर्व पश्चिम राजमार्गमा रहेको चिसापानी पुल बाहेक बर्दिया कैलाली जिल्ला जोड्ने सतिघाट पुलमात्र रहेको छ । पुल निर्माण सम्पन्न भएको ६ बर्षमै पुल भासिए पछि राजापुरबासी चिन्तित भएका छन् ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम