१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

बाघको सङ्ख्या वृद्धि हुँदै जाने राष्ट्रपति भण्डारीको विश्वास



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकी छिन ।

विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बढाई २५० पुर्‍याउने लक्ष्य राखेकामा हाल यो सङ्ख्या २३५ पुगिसकेको थाहा पाउँदा खुशी लागेको र बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्णरूपमा हासिल हुने विश्वस्त व्यक्त गरेकी छिन ।

उनले ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ मनाइने दिवसका सन्दर्भमा नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको जनाएकी छिन । राष्ट्रपतिको सन्देशमा पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनरुत्थान गर्न ठूलो चुनौती खडा भएको जनाइएको छ ।

‘बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानूनी व्यापार नियन्त्रणमा नेपाली सेनालगायतका सुरक्षा निकायको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी संस्थाको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो,’ सन्देशमा भनिएको छ, ‘जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ७ : ३४ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन