१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बाघको बासस्थान सुरक्षित गर्न आवश्यक : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउन तर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । देउवाले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको जिकिर गरे । उनले भने– ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए । आफु प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफुलाई आनन्द र गौरवबोध हुनेगरेको बताए । उनले प्रधानमन्त्री देउवालाई काविल र रचनात्मक सहयोगीहरु राख्न पनि सुझाव दिए । नेपालले भने– ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ । सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’

नेपालले बाघको रक्षामा सबैले ध्यान पु-याउनुपर्ने बताए। प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले जिकिर गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : ०० बजे

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे