७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

माओवादीकै सांसद बन्न पाउँ भनि चार एमाले नेताले दिएको रिट हेर्दाहेर्दैमा



काठमाडौं । माओवादी पार्टी परित्याग गरी एमालेको केन्द्रीय नेतृत्वमा रहेका चार पूर्वमाओवादी नेताहरुले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइने सूची परेको छ ।

चार पूर्वमाओवादी नेताहरुले आफ्नो सांसद पद कायम गरिपाउँ भनेर दायर गरेको रिट न्यायाधीस दीपककुमार कार्कीको इजलासमा परेको थियो ।

गत फागुनमा माओवादी पार्टी परित्याग गरी एमालेको स्थायी कमिटी सदस्य बनेका टोपबहादुर रायमाझी, लेखराज भट्ट र केन्द्रीय सदस्यहरु प्रभु साह एवं गौरी शंकर चौधरीले सांसद पद पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले माओवादी केन्द्रले आफुहरुलाई गैरकानूनी ढंगले पार्टीबाट निस्काशन गरेको र सोही आधारमा सभामुखले सांसद पद खारेज गरेको आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएका थिए ।

माओवादीले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्राचार गरेर चार सांसदले दल त्याग गरेको जानकारी दिएका थिए । त्यसपछि संसद बैठकमा सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ४ : ५२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल