१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सांसदमा पुनर्वहाली माग गर्दै पूर्वमाओवादी नेताहरुद्वारा दायर रिटको सुनुवाइ आज पनि स्थगित



काठमाडौं । चार पूर्वमाओवादी नेताहरुले आफुहरुको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

शुक्रबार न्यायाधीस आनन्दमोहन भटट्राईको इजलासमा पेशी तोकिएकोमा रिट निवेदकले सुनुवाइ रोक्न निवेदन दिएका कारण आजको सुनुवाइ स्थगित भएको हो । रिट निवेदकका प्रभु साहका वारेश वीरेन्द्रप्रताप साहले अदालत पुगेर सुनुवाइ स्थगित गर्न शुक्रबार निवेदन दिएका थिए ।

चार नेताहरुको रिट निवेदनको पेसी हिजो न्यायाधीश दीपककुमार कार्कीको इजलासमा तोकिएको थियो । तर पछि हेर्न नभ्याइनेमा सूचीमा राखिएको थियो ।

सर्वोच्च अदालत नियमावली २०७४ अनुसार रिट निवेदकलाई आफ्नो मुद्दाको सुनुवाइ रोक्न अनुमति दिएको छ । आफ्नो काबुभन्दा बाहिरको परिस्थितिका कारण मुद्दाको पक्ष वा कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसक्ने कुराको विश्वासयोग्य कारण अदालतलाई देखाइ मुद्दाको पेसीको अघिल्लो दिन निवेदन दिएमा प्रधानन्यायाधीशले त्यस्तो मुद्दा दैनिक पेसी सूचीबाट हटाउन सक्छन् । तर, प्रभु साहका वारेसले भने शुक्रबार नै सुनवाइ रोक्न निवदेन दिएका थिए । पेसी तोकिइसकेपछि स्थगित भएको यो मुद्दामाथिको सुनुवाइ अब आइतबार तोकिनेछ ।

माओवादी पार्टी परित्याग गरी एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले माओवादीमै हुँदाको सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए । उनीहरुले आफुहरु कानूनी रुपमा माओवादीकै सदस्य भएको जिकिर गरेका छन् । माओवादीले २०७७ चैत्र २४ गते उनीहरुलाई कारवाही गर्दै सांसद पद रिक्त बनाउन संसद सचिवालयमा पत्राचार गरेको थियो । त्यसको दुई दिनपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा चारै सांसदको पद रिक्त भएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ०९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान