२५ चैत्र २०८२, बुधबार | April 8, 2026

राजनीति



खोक्रो मादल
भरिएको वर्तमान
जुत्ताको माला

गफाडी गोरे खत्री । घरको भूमिले तीन महिनालाई खान पुग्थ्यो । मैलो कमिज सुर्वालमुनी खुट्टामा चप्पल । लुखुर लुखुर चिया पसल वा मान्छेहरुको जमघटमा घुस्रिनु उसको दैनिकचर्या । कनिकुथी दश कक्षासम्म पढेको ऊ राजनीतिक गफ हाँक्नमा बाचाल थियो । जहिले पनि आफू सदस्य रहेको राजनीतिक पार्टी बाहेक अरु सबैको बद्ख्वाई गरिरहन्थ्यो । अन्तर्य जे भए पनि भ्रष्टाचार र बेस्थितिका कुरा उसको जिब्रोमा झुण्डिरहेको हन्थ्यो । सर समय त्यही भट्याइरहन्थ्यो ।

कथाकार

मुलुकमा चुनाव घोषणा भयो । अवसरवस उसको पार्टीबाट उसले पनि टिकट पायो । मन्त्री हुनेछु र आफ्नो ठाउँको विकास गर्नेछु भनेर व्यापक ढोल बजायो । भ्रष्टाचारको जरो समातेर उन्मुलनको डङका बजायो,खुबैगरी । द्रुत्तर विकास गरेर आफनो जिल्लाको कायापलट गरिदिनेछु । गरीबी,भोकमरी निर्मुल पार्नेछु । जग्गा नहुनेलाई जग्गा मिलाईदिन्छु । आफनो जिल्लामा कोही भोको हुनेछैन ।

चुनाव सकियो । स्प्रष्ट बहुमत कसैको नभएकोले मिलिजुलीमा दश सिट पाएको उसको पार्टीलाई पनि सरकारमा घुस्ने चिट्टा प¥यो । त्यसमध्येबाट गफाडी गोरे खत्रीलाई पनि चिट्टा प¥यो । भौतिक विकास मन्त्री भएर पहिलो पटक आफनो जिल्ला भ्रमणमा आयो,सरकारी गाडीमा झण्डा हल्लाउदै । जिल्लाले उसलाई ठाउँ ठाउँमा स्वागतद्वार र अन्दाजी दुई क्वीन्टल जतिको माला बोकाएर स्वागर गरे ।

उसले पैसा कमायो । राजधानीमा महल ठडायो । गाडी किन्यो । आफनो परिवार लगेर उतै राख्यो । उसको मनोकांक्षा पूरा भयो । भोक तृप्त भयो । जिल्लातिर फर्किनै छोड्यो । उसले गाउँ विस्र्यो । गाउँले पनि उसलाई विस्र्यो ।

राजनीतिको खिचातानीले आवधिकताको डोरी छिने चारै बर्षमा फेरि चुनाव भयो । मुलुकको राजनीतले फेरि भोट खोज्यो । गोरे खत्री बेइमानीको कालो आत्म बाहिर सेतो दाँत चम्काउँदै भोट खोज्न फेरि उही आफनो गाउँ पस्यो । तर पहिलेको चुनावमा मत र फूलको मालाको भारी बोकाएका जनताहरुले यसपालीको चुनावमा उसलाई जुत्ताको मालाको भारी बोकाई दिए ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : २६ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री