१४ चैत्र २०८२, शनिबार | March 28, 2026

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा सर्वसम्मतरुपमा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता पाएसँगै संसदीय दलको बिधान अनुसार भएको निर्वाचनबाट यादव सर्वसम्मत दलको नेतामा चयन भएका हुन् ।

शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । दलको कार्यकारिणी समितिको बैठकले अन्तरिम बिधानलाई पारित गर्दै निर्वाचन समिति बनाएर आजको लागि निर्वाचन तोकेको थियो । आज बसेको संसदीयदलको बैठकमाउपेन्द्र यादव बाहेक अन्य नेताको दाबी नपरेपछि यादव संसदीयदलको नेतामा चयन भएको जसपाका नेता माहेम्मद ईस्तयाक राइले बताए ।

उनका अनुसार प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र समर्थकमा महेन्द्र यादव थिए । ३२ जना सांसद रहेकाे जसपा संसदीयदलकाे बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुर पक्षमा लागेका ११ सांसदहरु भने अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : ४२ बजे

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको

ओली-लेखक पक्राउप्रति कमल थापाको आपत्ति : ‘सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौं । बालेन्द्र सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ परेपछि