२२ चैत्र २०८२, आइतबार | April 5, 2026

अध्यक्ष केपी ओलीको राजीनामा – एमाले नेतृ झाँक्रीको पार्टी एकताको शर्त



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष नछाडे सम्म एकताबद्ध एमाले बन्न नसक्ने बताएकी छिन् ।

शनिबार अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै एमाले नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।

नेतृ झाँक्रीले कुममा कुम जोडेकै भरमा एकताबद्ध पार्टी बन्न नसक्ने जिकिर गर्दै मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने बताईन् । ‘मुलुकको राजनीतिलाई यो स्थितिमा पु¥याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् ।

उनले आफू पार्टी एकता विरोधी नभएको स्पष्ट पार्दै कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्यो ? पुस ५ र जेठ ७ को प्रतिनिधिसभा विघटनाको घटना प्रतिगमन कि जनादेश ? भन्ने बिषयमा सबै प्रष्ट हुनुपर्ने बताईन् ।

एमाले भित्र रहेको दुई खाले बुझाईका बारेमा प्रश्न गर्दै उनले भनिन् -‘एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ ?’

पार्टीलाई विसर्जनकाे अवस्थामा पुर्याउने प्रतिगमनका मतियारहरुले आत्माआलाेचना नगर्दासम्म एकताकाे अर्थ नहुने नेतृ झाँक्रीकाे भनाई छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ४५ बजे

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई