२२ माघ २०८२, बिहिबार | February 5, 2026

माओवादी स्थायी समिति बैठक : माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने प्रचण्डको ब्रिफिङ



काठमाडौं । नेकपा माओवादी केन्द्रले अब ढिलाई नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म माधव नेपाल पक्षलाई कुरेको भन्दै अब ढिला गर्न नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक हुनुअघि एमाले नेता नेपाललाई भेट गरेका थिए ।

त्यसपछि पार्टी बैठकमा प्रचण्डले नेपाल पक्ष सरकारमा आउने सम्भावना नरहेको बताएका छन् । प्रचण्डले पछिल्ला भेटघाट र राजनीतिक घटनाक्रमबारे सदस्यहरुलाई ब्रिफिङ गर्दै नेपाल पक्ष सरकारमा आउने सम्भावना नदेखिएका कारण अब मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र उपेन्द्र यादवसँग छलफल गर्नुपर्ने बताए ।

माधव पक्ष सरकारमा आउने नआउने टुंगो नभएका कारण सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँट टुंग्याउन सकेको छैन । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीले पनि सरकारमा कसलाई पठाउने भन्नेबारे कुनै टुंगो लगाइसकेको छैन ।

बैठकपछि संचारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल पक्ष र जसपालाई पर्खिँदा मन्त्रिपरिषद् विस्तार हुन ढिला भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले अब ढिला नगरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताए । मन्त्रिपरिषद् विस्तारबारे आजै अध्यक्ष प्रचण्डले प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले भारतीय सुरक्षाकर्मीले दार्चुलास्थित महाकाली नदीमा तुईन काटेर अमानवीय कार्य गरेको ठकर गरेको छ । तुइन काटिँदा वेपत्ता भएका नेपाली युवा जयसिंह धामीबारे सत्यतथ्य छानविन गर्न माओवादीले सरकारसँग माग गरेको छ ।

बैठकले साउन २० गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक साउन ३० गते सार्ने निर्णय गरेको छ । सो बैठकअघि ३० गतेभित्र वडास्तरसम्मका पार्टी समिति गठन गरेर त्यसको रिपोर्ट ल्याउन सबै केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिइएको छ ।

माओवादी स्थायी समिति बैठक भोलि दिउँसो ३ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  २ : १८ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं