२२ भदौ २०८३, सोमबार | September 7, 2026

बहुमतको सरकार गठन गर्न लुम्बिनीका विपक्षी दलहरुद्वारा प्रदेश प्रमुखसमक्ष समावेदन



बुटवल । प्रदेश प्रमुख फेरिएसँगै लुम्बिनीमा फेरि सरकार परिवर्तनको प्रयास सुरु भएको छ ।

विपक्षी दलहरुले आज प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न विपक्षी दलहरुले समावेदन गरका छन् । ४१ सांसदको हस्ताक्षरसहित पत्र बुझाउँदै विपक्षी दलहरुले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

विपक्षी दलहरुले धारा १६८ (१) अनुसार बनेको भनिएको सरकार अल्पमतमा रहेको दाबी गरेका छन् । उनीहले एकल बहुमतको सरकार दाबी गर्दा मुख्यमन्त्री शंकर पोखरेलले कीर्ते हस्ताक्षर गरेको, अल्पमतमा हुँदाहुँदै पनि जालझेल गरेको समेत आरोप लगाएका छन् ।

प्रष्ट अल्पमतमा हुँदाहुँदै पनि पूर्वप्रदेश प्रमुखसँगको मिलेमतोमा मुख्यमन्त्री शंकर पोखरेलले असंवैधानिक तरिकाले सत्ता टिकाएको आरोप लगाउँदै आएका विपक्षी दलहरुले पुनः पोखरेल सरकार विस्थापनको प्रयास सुरु गरेका हुन् ।

प्रदेशसभामा बहुमतको अवस्थामा रहेका विपक्षी दलहरुले गत वैशाखदेखि नै पोखरेल सरकारलाई हटाउन प्रयास गर्दै आएका थिए । तर, मुख्यमन्त्री पोखरेलले विपक्षीको रणनीतिलाई एकपछि अर्को असफल बनाउँदै आएका थिए । गत बैशाख १९ गते अविश्वासको प्रस्ताव हुने दिनमै पदबाट राजीनामा दिएर सोही दिन पोखरेलले एकल बहुमतको दाबी गर्दै संविधानको धारा १६८ को उपधारा १ अनुसार पुनः नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा सपथ खाएका थिए । एमालेकै दुई जना सांसदहरुले राजीनामा दिएका र नेकपाबाट निर्वाचित सांसद विमला वली खत्रीले माओवादी केन्द्रमा रहेको भन्दै पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेपछि पोखरले मुख्यमन्त्रीमा नियुक्त हुनुअघि नै अल्पमतमा परिसकेको विपक्षी दलहरुको जिकिर छ । तर पनि प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेललाई विपक्षीको विरोधका बीच मुख्यमन्त्री कार्यालयमा पुगेर सपथ दिलाएका थिए । त्यस लगत्तै पोखरेलले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षका चार जना सांसदलाई मन्त्री बनाएका थिए ।

त्यसपछि विपक्षी दलहरुले लगातार एकल बहुमतको सरकारमा जसपालाई मिसाएको भन्दै आलोचना गरेका थिए भने संयुक्त सरकार भएको भए प्रदेशसभामा विश्वासको मत लिन बारम्बार चुनौती दिँदै आएका थिए । तर, केन्द्रमा जस्तै पोखरेलले पनि विपक्षीको मागलाई वेवास्ता गर्दै आएका थिए । तर, आफैले ल्याएको बजेट प्रदेशसभमा असफल हुनेभएपछि मुख्यमन्त्री पोखरेलले संसद अधिवेशन नै अन्त्य गरेर सत्ता जोगाउने अर्को चलाखी गरेका थिए । पोखरेलले असारको अन्तिम दिन संसद बैठक अन्त्य गरेर साउन १ गते अध्यादेशमार्फत बजेट जारी गरेका थिए ।

यद्यपी, जतिसुकै प्रयास गरेपनि प्रदेशसभाभित्रको अंकगणितीय समीकरणमा पोखरेलले बहुमत सावित गर्न सक्ने अवस्था भने रहेको थिएन । त्यसैका लागि जसपाका सांसद पुङ्मती ढेर्रा मगरलाई प्रलोभनमा पार्ने अर्को प्रयास गरिएको विपक्षी दलले आरोप लगाउँदै आएका छन् । प्रदेश प्रमुख परिवर्तन भएपछि आइलाग्ने अप्ठेरो परिस्थितिलाई सामना गर्न माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई प्रभावित पार्न प्रयास भैरहेको समेत विपक्षी दलहरुले आरोप लगाएका छन् । पोखरेललाई साथ दिँदै मन्त्री समेत बनेका जसपाका तीन जना सांसदलाई जसपाले पार्टीबाट निस्काशन गरेपछि उनीहरुको सांसद पद खारेज भएको छ । यद्यपी, माओवादी पार्टी परित्याग गरी एमाले बनेका दधिराम न्यौपाने र दिनेश पन्थीले समेत अहिले सर्वोच्च अदालतमा सांसद पदमा पुनर्वहालीको माग गर्दै रिट दायर गरेका छन् । जसपाका सांसदले पदबाट बर्खास्त गर्ने निर्णय विरुद्ध पुनः सर्वोच्चमा रिट दायर गरेका छन् । अब पोखरेल सरकार टिक्न सक्ने आधार सर्वोच्चले पूर्वमाओवादीका दुई सांसद र जसपाका तीन सांसदको पक्षमा फैसला भएमात्र देखिन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १२ : ४३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा