३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

कोभिड-१९ युनिफाइड अस्पताल प्रमुखबाट डा. जागेश्वर गौतम हटाइए



काठमाडौं । कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुखबाट प्राध्यापक डाक्टर जागेश्वर गौतम हटाइएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्राडा गौतमलाई सोमबार हटाएको हो । उनको स्थानमा ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाइएको छ ।

गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । गौतम स्त्री रोग विषेशज्ञ हुन् ।

तत्कालिन सरकारले गत जेठ १० गते डा गौतमलाई युनिफाइड अस्पतालको प्रशासकीय अधिकृतमा पठाएको थियो । तर, उनी गएदेखि नै वीर अस्पतालका कर्मचारी र उनीबीच सम्बन्ध राम्रो बनेको थिएन । युनिफाइड अस्पतालमा खरिद गरिएका विभिन्न स्वास्थ्य सामाग्रीमा समेत अनियमितता भएको आरोप कर्मचारीहरुले लगाएका थिए । डा. गौतम युनिफाइड अस्पताल जानुअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ता थिए ।

मन्त्रालयले स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरेको छ । उनको स्थानमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई लगिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : १७ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष