१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेश सभामा माओवादी सांसद विमला वलीको अज्ञात स्थलबाट विज्ञप्ति सार्वजनिक, एमालेमा रहेको खुलासा



बुटवल । गत शुक्रबारबाट सम्पर्क विहिन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ । वलीले गत बैशाखमा रोजेको दल नेकपा माओवादी केन्द्रले वलीको हस्ताक्षर सहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई समावेदन बुझाएको कहीबेरमा वलीको प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । वलीले आफु एमालेकै संसदीयदलको सदस्य रहको विज्ञप्तिमा जनाएकी छिन् ।

दाङ निर्वाचान क्षेत्र नम्बर ३ (क)बाट उप-निर्वाचनमा निर्वाचित वलीले गत बैशाखमा आफु राजी खुसी माओवादी केन्द्र रोजेको भन्दै पत्रकार सम्मेलन गरकी थिईन् । उनका श्रीमान उत्तरकुमार वलीले चुनाव जितेको क्षेत्रमा उनको सवारी दुर्घटनाबाट मृत्यु भएपछि उप-निर्वाचनमा विमलालाई उम्मेदवार बनाईएकाे थियो । नेकपा पार्टीको नाम र सुर्य चिन्हबाट चुनाव लडेकी विमलाले एमाले र माओवादी केन्द्र अलग भएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार बैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

पत्रकार सम्मेलनमा आफुलाई राजनीतिक र पारिवारिकरुपमा माओवादीबाट सहयोग र संरक्षण प्राप्त भएका कारण आफुले माओवादी रोजेको बताएकी थिईन् । तर आज अपरान्ह सार्वजानिक भएको विज्ञप्तिमा सुर्य चुनाव चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोज्नु कानुनीरुपमा ठिक नभएको उल्लेख गरेकी छिन् । पार्टी विभाजन भएपछि पनि आफु एमाले संसदीयदलमा सहभागी भएको भन्दै आफु एमालेमै रहेको विज्ञप्तिमा लेखिएको छ ।

माओवादी केन्द्रले सांसद वली पार्टीको सम्पर्कमा नरहेको र एमालेबाट अपहरण भएको हुन सक्ने अनुमान लगाईरहेका बेला अज्ञात स्थानबाट वलीको विज्ञप्ति सार्वजानिक भएसँगै विज्ञप्तिको आधिकारिकता माथि पनि आशंका उत्पन्न भएको छ । सांसद वलीलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा घण्टी गएपनि उठेन ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ४ : ३९ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका