२ पुस २०८२, बुधबार | December 17, 2025

साईक्लिङ जलापर्ण सम्पन्न



बुटवल । साईक्लिङ मार्फत धार्मिक पर्यटन प्रवद्घन गर्ने उदेश्यका साथ रुपन्देहीमा पाच वटा क्लबहरुले सामुहिक रुपमा जलापर्ण कार्यक्रम गरेका छन ।

बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटि बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपका राईडरहरुले कपिलबस्तुको धार्मिक स्थल लक्ष्मणघाटदेखि रुपन्देहीको पर्रोहा परमेश्वर धामसम्मको साईक्लिङ गर्दै जलापर्ण सम्पन्न गरेका छन ।

श्रावणी र साईक्लिङको महत्वलाई बुझाउन कार्यक्रम गरिएको कार्यक्रमका संयोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान ४ बजे शुरु भएको साईकल यात्रा ८ बजे कपिलबस्तुको लक्ष्मणघाट पुगेको थियो । राईडरहरुले पुजापाठ र जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरेर कार्यक्रम समापन गरिएको थियो ।

रुपन्देही र कपिलस्तुका ६० जना राईडरहरु सहभागी भएको कार्यक्रममा करीब १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिएको उनले बताए । साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले स्थानिय पर्यटकिय क्षेत्रहरुको पहिचान गराउने एउटा माध्यम साईकल बन्न सक्ने बताए । यात्रालाई विभिन्न चोकचोकमा स्थानियहरुले स्वागत गरेका थिए । कपिलबस्तुको चार नम्बरमा स्थानिय साईकल साथीहरुको समुहले टिका र प्रसादपानीबाट स्वागत गरेका थिए ।

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले मोफसलमा साईकल संस्कृति विकास भएको बताए । धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गर्नुभएका बुटवलमा उद्योगी ब्यापारी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई पत्रकार सम्मेलनमा दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ५५ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि