१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सिद्धबाबाको हेडबक्स नजिकै पहिरोले बलेरो जिप पुर्दा एक जनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा अगाडि हेडबक्स नजिँकै पहिरोले बलेरो गाडी पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जिप हेडवर्क्समा पुग्दा गाडिमाथि पहिरो खसेको थियो ।

सोमबार साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका चालकको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । मृतकका आफन्तलाई बोलाएर सनाखत गर्ने काम भइरहेको पाण्डेले बताए । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको पाण्डेले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : १३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी