२२ चैत्र २०८२, आइतबार | April 6, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, २ वटा छन् सम्भावित कार्यसूची



काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा बिजनेश बिहिन भएको चर्चा चलिरहेका बेला आज प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक बस्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आज बस्ने छैटौं बैठकका लागि संसद सचिवालयले दुईवटा सम्भावित कार्यसूचीहरू सार्वजनिक गरेको छ । सचिवालयबाट उपलब्ध कार्यसूचीमा पहिलो प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ भने दोस्रो भुतपूर्व प्रतिनिधिसभा सदस्यको निधनमा शोक प्रस्ताव रहेको छ ।

तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा सभामुखबाट शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : १३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको