४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, २ वटा छन् सम्भावित कार्यसूची



काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा बिजनेश बिहिन भएको चर्चा चलिरहेका बेला आज प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक बस्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आज बस्ने छैटौं बैठकका लागि संसद सचिवालयले दुईवटा सम्भावित कार्यसूचीहरू सार्वजनिक गरेको छ । सचिवालयबाट उपलब्ध कार्यसूचीमा पहिलो प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ भने दोस्रो भुतपूर्व प्रतिनिधिसभा सदस्यको निधनमा शोक प्रस्ताव रहेको छ ।

तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य अकबरबहादुर बहादुर सिंहको निधनमा सभामुखबाट शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । हाल नेपाल काँग्रेसमा रहेका सिंह ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको