१ पुस २०८२, मंगलबार | December 16, 2025

अघिल्लो सरकारको सम्पूर्ण जनविरोधी निर्णयहरु खारेज गरिनु पर्छ : रामकुमारी झाँक्री



काठमाडौं । नेकपा एमाले नेतृ एवं प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्वसँगै अघिल्लो सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने बताएकी हुन् ।

नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश तुइन मुक्त भएको घोषणा स्मरण गर्दै अघिल्लो सरकारले तामझामका साथ तुइन मुक्त भएको घोषणा गरेपनि दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको बताइन् । उनले अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय गmत भएको भन्दै खारेज गर्नुपर्ने बताइन् ।

 

 

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज