२२ माघ २०८२, बिहिबार | February 5, 2026

सदनलाई गृहमन्त्रीको जवाफ – दार्चुला घटनाबारे छानविन समितिको प्रतिवेदन नै सरकारको अडान



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे १० दिनभित्र प्रतिवेदन आउने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुखसँग सार्वजनिक महत्त्वका विषयमा बोल्न समय माग गर्दै गृहमन्त्री खाँडले घटनाबारे जानकारी गराउँदै छानविन समितिको प्रतिवेदन १० दिनभित्र आउने बताएका हुन् ।

मन्त्रीस्तरीय निर्णयबाट साउन १७ गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति बनाएको उनले बताए । समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहकायक जिल्ला अधिकरी ज्योत्सना भट्ट जोशी रहेको ५ जनाको समिति गठन गरिएको उनले जानकारी दिए ।

मन्त्री खाँडले महाकाली नदीमा तुइन तर्दा जयसिंह धामी बेपत्ता भएको विषयमा मन्त्रालयले गठन गरेको छानबिन टोली दार्चुला पुगेको जानकारी गराए । उनले सो टोलीले घटनास्थलमा पुगेर अध्ययन गर्नुका साथै जयसिंह धामीभन्दा अगाडि तुइन तरेर पारी पुगेकाहरु र पारी रहेकाहरुसँगे भेटेर सत्यतथ्य बुझ्ने बताए ।

गृहमन्त्री खाँडले नरेन्द्रसिंह धामी लगायत ३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको सदनलाई जानकारी गराए । उनले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई सो घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको बताए ।

गृहमन्त्री खाँडले छानविन समितिले सत्यतथ्य पत्ता लगाएर जे ठहर गर्छ, त्यसमा सरकारले दृढतापूर्वक अडान लिने बताए । तर, गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेपछि एमाले सांसदहरुले पुनः आपत्ति जनाएका छन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ५५ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी