१ पुस २०८२, मंगलबार | December 16, 2025

लुम्बिनी प्रदेश : सरकार हटाउने विपक्षीको अर्को कदम, आज अविश्वासको प्रस्ताव दर्ता हुँदै



बुटवल । शंकर पोखरेल नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले एक पछि अर्को कदम अगाडि बढाएका छन् । सोमबार मात्र प्रदेश प्रमुख समक्ष संविधानको धारा १६८(२) अनुसार बहुमत सरकार गठन गर्न प्रस्ताव आह्वान गर्न समावेदन बुझाएका विपक्षी गठबन्धनले आज प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने भएको छ ।

विपक्षी गठबन्धको तर्फबाट प्रदेश प्रमुख समक्ष प्रदेशसभाको विशेष अधिवेशन आह्वानको लागि निवेदन गर्ने र संसद सचिवालयमा सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिने नेपाली कांग्रेस संसदीयदलका प्रमुख सचेतक फकरुद्दिन खानले बताए ।

गत शुक्रबार देखि नै सम्पर्क बिहिन रहेर सोमबार अज्ञात स्थलबाट एमालेमा रहेको विज्ञप्ति सार्वजनिक गरेकी सांसद विमलाकुमारी खत्री वलीको समेत हस्ताक्ष्र अविश्वासको प्रस्तावको निवेदनमा प्रयोग गरिएको विपक्षी गठबन्धन स्रोतले दाबी गरेको छ ।

विमला वली आफै सार्वजनिक भएर एमाले प्रवेश गरेको घोषणा नगर्दा सम्म उनलाई माओवादी केन्द्रकै सांसद मानिने माओवादी केन्द्रका सांसद आईपी खरेलले बताए । ‘मिडीयामा आफै आएर एमाले भएको बताएको दिन कानुन बमोजिम होला, त्यस अगाडि उनी मोआदी कै सांसद हुन् ।’ उनले भने ।

सांसद वलीले एमालेमा रहेको विज्ञप्ति सार्वजनिक गरेपनि अहिले सम्म उनको कसैसँग सम्पर्क हुन सकेको छैन । उनी संलग्न दल माओवादी केन्द्र र संचारकर्मीहरुको समेत वलीले मोबाइल उठाएकी छैनन् ।

 

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज