१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा धर्ना, जुलुस भीडभाडजन्य क्रियाकलाप नगर्न प्रशासनको चेतावनी



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाडजन्य क्रियाकलाप नगर्न अपील गरेको छ ।

काठमाडौं प्रशासनले मंगलबार एक सूचना प्रकाशित गर्दै विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको हो ।

पछिल्लो केही दिनयता काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै प्रशासनले स्वास्थ्य मापदण्ड विपरितका गतिविधि नगर्न आग्रह गरेको हो ।

कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावना देखिएकोले मापदण्ड विपरितका कुनै पनि गतिविधि नगर्न प्रशासनले सबैलाई सचेत गराएको छ । कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्था भएकोले कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै जिम्मेवारी र भूमिका रहने सूचनामा जनाइएको छ ।

प्रशासनले निषेधाज्ञा कायमै रहेको स्मरण गराउँदै संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, (यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालना नगर्ने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन नगर्न/नगराउन सबै पक्षलाई सचेत गराएको छ ।

निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी पनि प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज