१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउने प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौं । कुशल व्यवस्थापनका कारण चरम लोडसेडिङको अवस्थाबाट देशलाई मुक्त राखेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउन लागिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्।
मंगलबार बालुवाटारमा उर्जामन्त्री पम्फा भुसालसँग छलफल गरेका प्रधानमन्त्री देउवाले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर घिसिङलाई नियुक्तिको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि उर्जामन्त्री भुसालले शाक्यलाई बोलाएर राजीनामा दिन आग्रह गरेकी छिन् । भुसालले प्राधिकरणको वर्तमान व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा मागेको स्रोतले बताएको छ । शाक्यले सहज ढंगले बाटो क्लियर नगरे उनीमाथि स्पष्टीकरण सोध्ने तयारी भएको छ । शाक्यले सरकारसँग कार्यसम्पादन सम्झौता गरेका छन् । तर त्यसअनुसार काम नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेर उनलाई हटाउने योजना रहेको छ ।

२०७३ भदौमा कार्यकारी निर्देशक बनेका घिसिङले सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङ हटाउने प्रक्रिया सुरु गरेका थिए । उनको कार्यकलको अन्तसम्म देशभर लोडेसडिङ अन्त भएको थियो । तर, घिसिङ हट्ने वित्तिकै विभिन्न नाममा प्राधिकरणले लोडसेडिङ गरिरहेको छ । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका थिए ।

तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको कार्यकाल थप्न इच्छुक नभएपछि उनी प्राधिकरणबाट बाहिरिएका थिए । घिसिङको पुनर्नियुक्तिका लागि नागरिक स्तरबाट दवाव आएपनि ओलीले पुनर्नियुक्ति दिन अस्वीकार गरेका थिए । ओलीले घिसिङ आफैले रकम खर्च गरेर सामाजिक सञ्जालमा क्याम्पेनिङ शुरु गरेको टिप्पणी समेत गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ४ : ४७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान