१५ माघ २०८२, बिहिबार | January 29, 2026

श्रोत नखुलेको ३३ लाख बढी रकम सहित २ जना पक्राउ



नवलपरासी पश्चिम । नवलपरासी पश्चिम प्रहरीले श्रोत नखुलेको ३३ लाख बढी रकम सहित १ जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिको बर्दघाट १२ भटौलिया स्थित नारायाणचोक-परासी भित्री सडक खण्डबाट प्रहरीले श्रोत नखुलेको उक्त रकम सहित १ जनालाई पक्राउ गरेको हो ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको लु १६ प ३७२९ नम्बरको मोटरसाईकलको चेकजाँचका क्रममा सो रकम सहित नवलपरासी पश्चिम पाल्हिनन्दन २ का ३५ वर्षिय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज जिल्ला ठुटीवारीका २७ वर्षिय समिर खानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका २ जनाबाट भारतिय २ हजारका २०७ थान नोट (४ लाख १४ हजार) र ५ सयका ९७२ थान नोट गरी जम्मा ९ लाख भारतिय मुद्रा तथा नेपाली १ हजारका १ हजार ६९ थान (१० लाख ६९ हजार) र ५ सयका १५ सय ६२ थान (७ लाख ८१ हजार) थान गरी जम्मा १८ लाख ५० हजार बराबरको नेपाली मुद्रा बरामद भएको नवलपरासी पश्चिम प्रहरी प्रवक्ता राजु लामाले बताए । पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग गरेको मोटरसाईकल सहित हिरासतमा लिएर थप अनुसन्धान भईरहेको लामाले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : ५३ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण