१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नवलपरासीमा त्रिपाठी र चौधरीबीच कडा प्रतिस्पर्धा



नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

संसदीय राजनीतिका चर्चित खेलाडी मानिने त्रिपाठीले २०४८ को निर्वाचन पश्चात यस क्षेत्रबाट पाँचवटा जित निकालिसकेका छन । संविधानसभा सदस्य निर्वाचन २०७० बाहेकका सबै निर्वाचनमा उनी विजयी हुँदै आएका छन । अघिल्लो निर्वाचन २०७४ मा नेकपा (एमाले) को चुनाव चिह्न सूर्य लिएर विजयी बनेका त्रिपाठी अहिले छैटौँ जितका लागि एमालेको साथ र सहयोगमा चुनावी दौडमा छन ।

उद्योगपति चौधरी भने संसदीय अभ्यासमा व्यावसायिक घरानाबाट प्रवेश गरेका हुन । विसं २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट र विसं २०७४ सालको प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक सदस्य बनेका चौधरी अहिले गठबन्धनको सहयोगमा नेपाली कांग्रेसबाट यस क्षेत्रको चुनावी मैदानमा छन ।

स्थानीय निर्वाचनको मत हेर्दा कडा प्रतिस्पर्धा देखिने यो क्षेत्रमा चौधरीले गठबन्धनको भर परेकाछन भने त्रिपाठीको हारजित एमालेबाट आउने भोटमा निर्भर हुने देखिन्छ । अन्तिम समयमा एमालेको सहयोगमा चुनाव लडेका त्रिपाठी र उद्योगपति चौधरीको चुनावी प्रतिस्पर्धा अहिले जिल्लाका लागि मात्र नभई देशकै लागि पनि रोचक बन्ने देखिएको छ । एमालेका शीर्ष नेतामार्फत एमालेको उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गर्न लगाएका नेता त्रिपाठी अहिले पनि चुनावी बाजी मार्ने रणनीतिमा छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ११ वटा दलका उम्मेदवार र सात स्वतन्त्र गरी १८ जना चुनावी मैदानमा रहेको यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धा चौधरी र त्रिपाठीबीच नै हुने देखिन्छ । दुवै उम्मेदवार अहिले मतदाताको मन जित्ने अभियानमा घरदैलो गरिरहेका छन । त्रिपाठीले पटकपटक यस क्षेत्रबाट निर्वाचन जितेर केही पनि गर्न नसकेको भन्दै आफू विकासको एजेन्डा बोकेर मत माग्दै आएको चौधरीले बताएका छन ।

एमालेको समर्थनमा उम्मेदवार बनेका त्रिपाठी विगतमा आफूले गरेको कामको जस लिने र गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धताका साथ घरदैलोमा पुगेका छन ।

अहिले त्रिपाठी एमालेको समर्थनमा निर्वाचनमा सहभागी भए पनि सूर्य चुनाव चिह्न नलिएका कारण यसपटक २०७४ को निर्वाचनमा जस्तो सजिलो अवस्था नरहेको बताइएको छ । त्रिपाठीलाई जित निकाल्नका लागि एकातिर नेकपा (एमाले)का कार्यकर्ताहरूलाई रिझाउन आवश्यक रहन्छ भने अर्कोतिर उनकै चुनाव चिह्नको प्रचारमा पनि थप समय खर्च गर्नुपर्ने देखिन्छ ।

सत्ता गठबन्धनका उम्मेदवार चौधरीलाई पनि यस क्षेत्रमा त्रिपाठीको गढ भत्काउँदै कांग्रेसको झण्डा गाड्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । हालै सम्पन्न स्थानीय तहको चुनावमा नवलपरासी-१ मा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा जनता प्रगतिशील पार्टीको चार हजार छ सय ८१ र एमालेको २६ हजार सात सय ७९ मत छ । एमालेसँग तालमेल गरेको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) ले यस निर्वाचन क्षेत्रमा पनि एमालेकै उम्मेदवारलाई सघाउने जनाएको छ । जसपाको मत तीन हजार पाँच सय ३९ छ । तीन दलको मत जोड्दा ३४ हजार नौ सय ९९ पुग्छ ।

सत्तारूढ गठबन्धनको यसक्षेत्रमा कांग्रेसको ३० हजार तीन सय ४२, नेकपा (माओवादी केन्द्र) को पाँच हजार तीन सय ४७, नेकपा (एकीकृत समाजवादी) को एक हजार एक सय ४१ र राष्ट्रिय जनमोर्चाको दुई हजार ६० गरी कूल ३७ हजार ९० मत रहेको छ ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को छ हजार ८७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को १०० मत छ ।

नवलपरासी पश्चिमको क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका तथा सुस्ता गाउँपालिकाका सबै वडा र सरावल गाउँपालिकाका ४, ५, ६ र ७ वडा पर्दछन् । स्थानीय तह निर्वाचन २०७९ मा सरावल गाउँपालिकामा एमाले तथा अन्य पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यस क्षेत्रमा एक लाख १८ हजार दुई सय ५० मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत सुजाता खत्रीले जानकारी दिP ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : १२ बजे

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक