२ पुस २०८२, बुधबार | December 18, 2025

सम्पर्कबिहीन भएकी लुम्बिनी प्रदेश सांसद विमला वलीका बारेमा माओवादीले पत्रकार सम्मेलन गर्दै



बुटवल । ६ दिन देखि सम्पर्क बिहिन भनिएकी लुम्बिनी प्रदेशकी सांसद विमला वलीको राजनीतिक संलग्नताका विषयमा माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने भएको छ । गत शुक्रबारबाट पार्टी सम्पर्क बाहिर रहेकी वलीलाई एमाले नेता एवं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर राखेको आरोप लगाईरहेको माओवादीले आज पत्रकार सम्मेलन गरेर वलीको राजनीतिक संलग्नताबारे स्पष्ट पार्न थालेको हो ।

वली बेपत्ता भएपछि बिभिन्न खाले चर्चा बाहिर आएपनि उनको वास्तविक अवस्था अझै सार्वजानिक भएको छैन । बैशाख १९ गते पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको घोषणा गरेकी विमलालाई एमालेले पनि आफ्नै सांसद रहेको दावी गर्दै संसदमा उनको आसनको प्रबन्ध मिलाउन माग गर्दै आएको थियो ।

गत शुक्रबारबाट माओवादी केन्द्रको सम्पर्कबाट बाहिर रहेकी विमलाको नामबाट गत १९ गते आफु सुर्य चिन्ह र एमालेमै रहेको ब्यहोराको विज्ञप्ति सार्वजनिक भएको थियो । त्यस यता माओवादी नेताहरुले विमलालाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै सरकारी निवासमा बन्धक बनाएर राखेको र जबर्जजस्ती विज्ञप्तिमा सहि गर्न लगाएको आरोप लगाउँदै आएका थिए । बुधबार मात्र उनी बन्धक मुक्त हुन सफल भएको र माओवादी केन्द्रमै रहेको समाचार माओवादी केन्द्रकै स्रोतहरुको तर्फबाट सार्वजनिक भएको थियो ।

माओवादी नेताहरुले बन्धक मुक्त भएको बताएपनि विमला कहिँकतै सार्वजनिक भएकी छैनन् । बुधबार देखि नै उनी चप्पल सहित बन्धनबाट मुक्त भएर भागेकी, माओवादी केन्द्रका संसदीयदलका नेतालाई एसएमएस मार्फत माओवादीमा रहेको बताएकी, माओवादी संसदीयदलको कार्यालयमा पुगेकी जस्ता चर्चा बजारमा सुनिएका थिए । यो समाचार तयार पार्दा सम्म न त विमलाले सिधै संचारकर्मीलाई सम्पर्क गरेकी छन् न त मुख्यमन्त्री कार्यालयबाट बन्धक बनाईएको आरोपको खण्डन भएको छ ।

माओवादीले आज १ बजे गर्ने भनिएको पत्रकार सम्मेलनमा विमलाको उपस्थिती रहने दाबी गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ११ : २८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल